नियम १६
बैङ्कलाई जानकारी दिनुपर्ने
(१) ऐन बमोजिम निवृत्तभरण बा पारिवारिक निवृत्तभरण पाइरहेको व्यक्तिको मृत्यु भएमा वा कुनै कारणले निजले इच्छाएको व्यक्ति वा हकवालाले ऐन तथा यस नियमावली बमोजिम निवृत्तभरण वा पारिवारिक निवृत्तभरण नपाउने भएमा सोको जानकारी निजको नजिकको नातेदारले तीस दिनभित्र सम्बन्धित बैङ्क वा कोषलाई दिनु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले कम्तीमा वर्षको एक पटक निवृत्तभरण वा पारिवारिक निवृत्तभरण पाइरहेको व्यक्तिलाई बैड्डमा उपस्थित हुन आदेश दिन सक्नेछ।

(३) बैङ्कले उपनियम (२) बमोजिम दिएको आदेश अनुसार उपस्थित नहुने व्यक्तिको निवृत्तभरण “वा पारिवारिक निवृत्तभरण निज उपस्थित नभएसम्म रोक्का गर्न सक्नेछ ।

(४) उपनियम (१) बमोजिम जानकारी नगराएको कारणबाट मृत्यु भई सकेको वा भुक्तानी नपाउने व्यक्तिको नाउँमा भुक्तानी भएकोमा कोषले त्यस्तो, रकम सम्बन्धित हकवालाबाट प्रचलित कानून बमोजिम असूल उपर गर्न सक्नेछ।